२१ बैशाख २०८१, शुक्रबार

प्रदेश बैठक १० बुँदे विपरित : डा. रावल




धनगढी / नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले आज धनगढीमा हुने सो पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक दश बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत भएको बताएका छन्।

समाजिक सञ्जालमा स्टाटस लेख्दै उपाध्यक्ष रावलले सो कुरा बताएका हुन । उनले भनेका छन् सुदूरपश्चिम प्रदेश कमिटीको बैठक कथित र गुटबन्दीको नमुना भनेका हो ।

त्यो बैठक गुबन्दीको नमूना हो त्यसैले सो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् उनको भनाइ छ । डा.रावलले बैठकलाई कथित बैठक पनि भनेका छन् ।

उपाध्यक्ष डा.रावलले १२ झापामा लागू हुने, सुपमा किन नहुँने प्रश्न गर्दे भनेका छन् कि यहाँको भूमि वाह्य अतिक्रमणमा परेको छ ।

डा. रावल गृहजिल्ला अछाममा छन् ।

स्रोतका अनुसार रावललाई उपाध्यक्षकारुपमा बैठकमा आउन अनुरोध गरिएको थियो । तर रावलले आफू संयोजककारुपमा मात्रै आउने अडान बताएका थिए ।

१० बुँदे अनुसार डा. रावल सुदूरपश्चिम प्रदेशको संयोजक हुनु पर्ने हुन्छ । एमाले माओवादी एकता हुनु पूर्व डा.रावल संयोजक थिए । १० बुँदेमा एमाले ०७५ जेठ २ गते अघि फर्किने उल्लेख छ । १० बुँदे अनुसार नै अन्तरपार्टी निर्देशन (अपानि ) जारी गरिएको थियो ।

तर १० बुँदे र अपानि विपरित अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति सदस्य लेखराज भट्टलाई इन्चार्ज भन्दै आएका आरोप रावल पक्षको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार