२२ बैशाख २०८१, शनिबार

वमले गरे काँग्रेस कैलालीको सभापति उठ्ने घोषणा




धनगढी / नेपाली काँग्रेस कैलालीका हालका उपसभापति प्रकाश वमले जिल्ला सभापति पदमा उम्मेद्वार हुने घोषणा गरेका छन्।

सोमबार विहान धनगढीमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता वमले आफू सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

उनले आफूलाई पार्टीका धेरै अगुवा र कार्यकर्ताको समर्थन रहेको पनि बताए । मैले लामो समय काँग्रेसमा काम गरेको छु, मैले मात्र कैलाली काँग्रेसलाई गुट उपगुटबाट मुक्त गराउन सक्छु उनको भनाइ छ ।

उनले आफ्नो योगदानको कदर गरेर मतदान गरिदिन नेता र कार्यकर्तालाई आग्रह गरे ।

क्रियाशिल सदस्यता विवादकाकारण कैलालीमा अझै वडा अधिवेशन हुन सकेको थिइन । पछिल्लो समय सदस्यता विवाद अन्त्य भएर कात्तिक २७ गते वडा अधिवेशन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार