२१ बैशाख २०८१, शुक्रबार

हुलाकी सडक स्तरोन्नती कार्य सुस्त



धनगढी । कैलालीमा हुलाकी सडक स्तरोन्नती कार्य निकै सुस्त गतिमा भइरहेको छ । निर्माण अवधिको आधा समयसम्म करिब १५ प्रतिशतमात्रै काम पुरा भएको छ ।

कैलालीमा दुई अर्ब रुपैयाँ लागतमा हुलाकी सडक स्तरोन्नती कार्य भइरहेको छ । ३० महिनाको अवधिमा निर्माण कार्य पुरा गर्ने गरी ठेक्का सम्झौता भएकोमा १४ महिना वितिसक्दा जम्म १५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।

कैलालीको धनगढी–भजनी–सत्ति र लम्की–टीकापुर–खक्रौला हुलाकी सडक चौडा बनाउने सहित स्तरोन्नतीको लागि ठेक्का सम्झौता भएको छ । तर ती सडकमा अहिलेसम्म माटो भर्ने काम समेत सकिएको छैन । धनगढी–भजनी–सत्तिमा हुलाकी सडकमा माटो फिलिङको काम ८० प्रतिशत सकिएको छ भने लम्की–टीकापुर–खक्रौला सडकमा ६० प्रतिशत माटो फिलिङ सकिएको हुलाकी सडक आयोजना धनगढीका ईञ्जिनियर पदम बहादुर मडैले बताए ।

आयोजनाले यही गतिमा काम भएमा बाँकी १६ महिनाको अवधिमा निर्माण कार्य पुरा हुन कठिन हुने धनगढीले जनाएको छ । आयोजनाका अनुसार हालसम्म धनगढी–भजनी–सत्ति सडक खण्डमा समग्र भौतिक प्रगति १५ प्रतिशत भएको छ भने लम्की–टीकापुर–खक्रौला खण्डमा १० प्रतिशत मात्रै समग्र प्रगति भएको जनाएको छ । ‘अहिलेसम्म सबै ठेक्का सम्झौताहरूको ४० प्रतिशतको हाराहारीमा प्रगति भएको हुनु पर्दथ्यो, तर त्यसो हुनसकेको छैन’ आयोजनाका ईञ्जिनियर मडैले भने– नया ठेक्कामा कोरोना महामारीका कारण डिस्टर्ब भयो । गत वर्ष साउन १ गतेबाट गर्ने गरी सम्झौता भए पनि पानीले गर्दा साउन र भदौमा काम भएन । बल्ल गत वर्ष असोजदेखि मात्रै काम शुरु भयो ।

लम्की–टीकापुर–खक्रौला सडकको लम्की क्षेत्रमा साढे दुई किलोमिटरको चार लेन सडक स्टक्चरको काम सकिन थालेको छ । आयोजनाले फागुन–चैतमा त्यहा पिचको काम भइसक्ने जनाएको छ । लम्कीदेखि आठ किलोमिटर सडकमा माटो फिलिङ ८० प्रतिशत सकिएको जनाउदै असारसम्म पिच सक्याउने गरी काम भइरहेको आयोजनाका ईञ्जिनियर मडैले बताए ।

बाकी सडक भने समयमा नसकिने आयोजनाले जनाएको छ । आठदेखि १९ किलोमिटरको दोस्रो प्याकेज अन्तरगत सडकमा २० प्रतिशत माटो फिलिङ र दुई किलोमिटर नाली बनेको छ । पर्खाल बनाउने काम सकिएको छ भने एउटा कलभर्ट बनाउन बाकी छ । १९ देखि २९.७ मिलोमिटरसम्मको तेस्रो प्याकेजमा माटो फिलिङ र स्टक्चर निर्माणको काम ४०÷४० प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।

धनगढी–भजनी–सत्ति सडकमा क्याम्पस चोकदेखि सात किलोमिटर पहिलो प्याकेजमा तीन किलोमिटरमा मात्रै नाली बनेको छ भने एक किलोमिटर पर्खाल बनेको छ । आयोजनाका अनुसार हालसम्म माटो फिलिङ ८० प्रतिशत काम पुरा भएको छ भने स्टक्चरको काम ७० प्रतिशत सकिएको छ । त्यो प्याकेजमा समग्र प्रगति ३० प्रतिशत मात्रै भएको आयोजनाले जनाएको छ । यद्दपि सो प्याकेज अन्तरगत साढे तीन किलोमिटर चार लेन सडक बनाउने काम समयमै सकिने ईञ्जिनियर मडैले दाबी गरे ।

सात देखि १९ किलोमिटरसम्मको दोस्रो प्याकेजमा समग्र प्रगति ३५ प्रतिशत, माटो फिलिङ र स्टक्चरको काम ४०/४० प्रतिशत भएको छ । १९ देखि ३५ किलोमिटरसम्मको तेस्रो प्याकेजमा समग्र प्रगति १५, माटो फिलिङ ५० र स्टक्चर २५ प्रतिशत सकिएको छ ।

त्यस्तै, कान्द्रादेखि लत्तिसम्मको १० किलोमिटरको पाचौं प्याकेजमा सम्रग प्रगति ३०, माटो फिलिङ ५० र स्टक्चरको काम २५ प्रतिशत सकिएको छ ।

चौथो प्याकेजमा अन्तरगत रहेको कटैनीदेखि कान्द्रासम्मको १८ किलोमिटरको पुरानो ठेक्कमा १५ प्रतिशत समग्र प्रगति भएको छ । बसन्ता करिडोर भित्र परेको दुई किलोमिटरमा पहिलो चरणकै निर्माण सकिएको छैन ।

धनगढी–भजनी–सत्तिको धनगढीमा साढे तीन किलोमिटर र लम्की–टीकापुर–खक्रौलाको लम्की क्षेत्रमा साढे दुई किलोमिटर र टीकापुरमा तीन किलोमिटर सडकलाई चार लेनको बनाइदैछ । धनगढी र लम्कीको चार लेनको काम समयमा सकिने गरी अगाडि बढेपनि टीकापुरको चार लेन सकडको काम सुस्त गतिमा भइरहेको छ । टीकापुरको चारलेनको समग्र प्रगति १० प्रतिशत मात्रै भएको ईञ्जिनियर मडैले बताए ।

धनगढी–भजनी–सत्ति सडकको पहिलो तीन वटा प्याकेजमा स्वछन्द र जोशी जेभीले एक अर्बको लागत सम्झौता गरी काम गरिरहेको छ भने चौठो र पाँचौ प्याकेजमा कालिका र जोशी जेभीले ३२ करोड ७२ लाख लाग सम्झौतामा काम गरिरहेको छ । लम्की–टीकापुर–खक्रौला सडकको पहिलो खण्ड लम्की क्षेत्रमा कालिका कुमार जेभी, दोस्रो खण्ड टीकापुरमा खड्का कृष्ण जेभि र तेस्रो खण्डमा खक्रौला क्षेत्रमा रायमाझी जेभीले ७० करोड २८ लाख लागत सम्झौतामा काम गरिरहेको छन् ।

६० किलोमिटरको धनगढी–भजनी–सत्ति र २ दशमलव सात किलोमिटरको लम्की–टीकापुर–खक्रौला सडक यसअघि ओटासिल प्रविधिबाट निर्माण गरिएको थियो । निर्माण सम्पन्न भएकै वर्षदेखि भत्किन थालेपछि अब अलकत्रा प्रविधिबाट निर्माण गरिन लागेको इञ्जिनियर मडैले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार