१० श्रावण २०८१, बिहीबार

राष्ट्रिय जनगणना : बैतडीमा दश वर्षमा छ हजार परिवार थपिए



बैतडी । बैतडीमा राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणअन्तर्गतको गणनामा ४९ हजार ७६१ परिवार सूचीकृत गरिएको छ । २०६८ सालको जनगणनामा बैतडीमा ४५ हजार १६७ परिवार संख्या रहेको थियो ।
पहिलो चरणमा ५८ हजार ५५२ घर सूचीकृत गरिएको छ । घरको गणना पहिलोपटक गरिएको जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए । २०६८ सालमा बैतडी जिल्लाको जनसंख्या दुई लाख ५० हजार ८९८ रहेको थियो ।
गत भदौ ३० देखि असोज १८ गतेसम्म राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षक खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो । सूचीकरणका लागि ८० सुपरीवेक्षक परिचालन गरिएका थिए ।
राष्ट्रिय जनगणना, २०७८ को मूल गणनाका लागि जिल्लामा ३१५ गणक छनोट भएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा गरिने मूल गणनाका लागि गणक छनोट गरिएका हुन् । दशरथचन्द नगरपालिकामा ६५, पाटनमा ३६, मेलौलीमा २७ र पुर्चौंडी नगरपालिकामा ४० गणक खटाउने योजना छ । यस्तै सुर्नया गाउ“पालिकामा २५, दोगडाकेदारमा २८, डिलाशैनीमा २८, सिगासमा २६ तथा शिवनाथ र पञ्चेश्वर गाउ“पालिकामा २१÷२१ गणक खटाइने जिल्ला जनगणना कार्यालयले जनाएको छ ।
‘गणकस“गै पहिलो चरणको जनगणनामा काम गरेका ८० सुपरीवेक्षकलाई पनि मूल गणनामा खटाइने छ,’ पन्तले भने । छनोट भएका गणकलाई शनिबारदेखि कात्तिक १६ गतेसम्म तालिम प्रदान गरिनेछ । उनीहरूलाई जनगणनाका बेलामा सोधिने प्रश्नका विषयमा तालिम दिइने बताइएको छ ।
दशरथचन्द नगरपालिका र सुर्नया गाउ“पालिकाका गणकको तालिम दशरथचन्द नगरपालिकामा तथा डिलासैनी र दोगडाकेदार गाउ“पालिकाका गणकको तालिम दोगडाकेदारमा सञ्चालन हुनेछ ।
यस्तै सिगास गाउ“पालिका, पुर्चौंडी नगरपालिका र पाटन नगरपालिकाका गणकको तालिम पाटनमा तथा मेलौली नगरपालिका, शिवनाथ गाउ“पालिका र पञ्चेश्वर गाउ“पालिकाका गणकको तालिम मेलौलीमा सञ्चालन हुने कार्यालयले जनाएको छ ।
राष्ट्रिय जनगणना कार्यक्रमअन्तर्गत यही कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म मूल गणना गरिने बताइएको छ । यस वर्षको जनगणनाको मूल नारा ‘मेरो गणना, मेरो सहभागिता ः राष्ट्रिय जनगणना, २०७८’ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार