२२ बैशाख २०८१, शनिबार

सुदूरपश्चिमको मुख्यमन्त्री अन्तिमतिर परिवर्तन हुन्छ : माधव नेपाल



धनगढी / नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदे्शको मुख्यमन्त्री तत्काल परिवर्तन नहुने संकेत गरेका छन् ।

विहीबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले भने तीन पार्टीले दुई÷दुई प्रदेशको मुख्यमन्त्री लिने भन्ने छ सल्लाह हुँदैछ । उनले थपे मेरो मुख किन खुलाउनुहुन्छ अन्तिमतिर केही हुन्छ कि सल्लाह हुन्छ ।

अध्यक्ष नेपालले प्रधानन्यायधिस चोलेन्द्रशमशेर राणालाई महाअभियोग लगाउने बारे गठवन्धनमा कुनै छलफल नभएको बताउनु बताए ।
अध्यक्ष नेपालले केपीले ओलीले परमादेश जारी गर्ने सबै न्यायधिसलाई हटाउनुपर्छ भन्नु गलत भएको बताए ।

अर्ली इलेक्सन हुदैन, अहिले हुने प्रतिनिधि सभाको उपचुनाव हुन्छ, राष्ट्रिय सभाको चुनाव हुन्छ अध्यक्ष नेपालले भने, हामी अहिलेकै गठवन्धनबाट चुनावमा जाने सोचमा छौ ।

एमालेसंग एक्लै चुनाव लड्ने आँट नभएर गठवन्धन बनाएर चुनाव लड्न खोज्नु भएको हो भन्ने प्रश्नमा उनले हिजो एमालले पनि राप्रपा र माओवादीसित गठवन्धन गरेको स्मरण गरे ।

अध्यक्ष नेपाल कञ्चनपुरको पार्टी कार्यालयको उद्धघाटन गर्नका लागि सुदूरपश्चिम आएका हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार