११ बैशाख २०८१, मंगलवार

गौरीगंगाका उपप्रमुखद्धारा सिडियोको टाउको फुटाउने धम्की



धनगढी / कैलालीको गौरीगंगा नगरपालिकाकी उपप्रमुख अञ्चला चौधरीले कैलालीका प्रमुख जिल्ला अधिकारीको टाउको फुटाउन तयार रहेको बताएकी छिन् ।

उनले यस्तो अभिव्यक्ति दिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । गौरीगंगा नगरपालिकामा रहेको पार्टी कार्यालयबारे विवाद भएपछि दुई पार्टी नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) बिच विवाद भएको छ । एमाले पार्टी कार्यालयमा तालाबन्दी गरेपछि त्यहाँ प्रशासनले ठूलो मात्रामा सुरक्षाकर्मी समेत परिचालन गरेको छ ।

सुरक्षाको लागि खटिएका प्रहरीसँग कुराकानी गर्दै उपमेयर चौधरीले भनिन् भोलीका दिनमा यहाँ केही घटना परिघटना भयो भने त्यस्को जिम्मेवारी सिडिओ हुने ? हामी सिडिओको पनि टाउको फुटाउन तयार छौ ।

तर सिडिओले सहमतिका लागि वातावरण जुटाउनपर्छ यहाँ । सोमबार दुवै पार्टीका कार्यकर्ताहरुको सामान्य झडप समेत भएको थियो ।

सोमबार दिउँसो आफ्नो कार्यालय हो भन्दै नेकपा (एस) ले एमाले पार्टी कार्यालयमा तालाबन्दी गरेपछि त्यहाँ तनाव भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार