१२ बैशाख २०८१, बुधबार

अर्ली निर्वाचनमा जाने कुरा असम्भव छ : वरिष्ठ नेता पौडेल




धनगढी / नेपाली कांग्रेसका वरिष्ठनेता रामचन्द्र पौडेलले अर्ली निर्वाचनमा जान नसकिने बताए छन् ।

शनिबार सुदूरपश्चिमको बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि धनगढी पुगेका वरिष्ठ नेता पौडेलले धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् ।

शुक्रवार धनगढीमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अर्ली निर्वाचनबारे गठबन्धन सरकारले जे भन्छ त्यही हुने बताएको भोलिपल्ट वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्ली निर्वाचन सम्भव नभएको बताएका हुन ।

‘अहिले अर्ली निर्वाचनाम जाने कुरा विरोधाभास र असम्भव छ,’ नेता पौडेलले भने,‘हामै्र पार्टी सभापतिको नेतृत्वमा अदालत गएर अदालतको आदेशमा संसद पुनस्र्थापना भएर सरकार बनेको छ, अझ समय नपुुग्दै संसद विघटन गरेर चुनावमा जानु राम्रो होइन ।’

संसदको पूर्णकालका लागि आफूहरु लडेकाले अर्ली निर्वाचनको कुरा सम्भव नभएको र यो संसदले पाँचवर्षे कार्यकाल पूरा गर्ने उनको भनाई छ ।

पार्टीको महाअधिवेशनका बारेमा बोल्दै नेता पौडेलले कांग्रेसको महाअधिवेशन तोकिएकै समयमा हुने र आफू त्यसकै पक्षमा रहेकाले पार्टी सभापतिलाई सचेत गराइरहेको छ ।

‘केही जिल्लाको क्रियाशील सदस्यता विवाद अझै टुंगिएको छैन,’ उनले भने,‘चाँडो नटुुंगाएर प्रकृया अगाडि बढाउनुपर्छ ।

सुदूरपश्चिममा बाढी र पहिरोका कारण भएको धनजनको क्षति बुझ्न र पीडितलाई साथ दिन आफू सुदूरपश्चिम आएको नेता पौडेलले बताए । ‘म यहाँका प्रभावित क्षेत्रमा गएर पीडितलाई साथ दिनेछु,’ उनले भने,‘सरकारलाई राहतका लागि पनि दबाब दिनेछु ।

पौडल र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडुले कञ्चनपुरको दक्षिणी क्षेत्रको वाढीले पारेको प्रभावको निरिक्षण गरेका थिए ।

पौडेल र बडुले धनगढीमा नेपाली काँग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई पनि सम्वोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार