१६ चैत्र २०८०, शुक्रबार

काँग्रेस भनेपछि प्रदेश सरकारले त्रिपाल पनि दिदैन : रावल



धनगढी / नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता रणबहादुर रावलले प्रदेश सरकारले कांग्रेस भने पछि राहतमा त्रिपाल पनि नदिने गरेको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई कैलालीको बाढी पहिरोको अवस्था बारे जानकारी गराउदै नेता रावललेृ सो कुरा बताएका हुन ।

बिहीबारसाँझ धनगढीको डिभोटी होटलमा आयोजित नेपाली काँग्रेसको कार्यकर्ता भेटघाटमा बोल्दै नेता रावलले यति ठूलो विपत्तिमा पनि प्रदेश सरकारका गतिविधि शुन्य छन् ।

प्रदेश सरकारले दुःखमा अनुहार समेत देखाएर स्रोत साधन पनि धनगढीमै मात्र बाँडिएको छ ।

प्रधानमन्त्रीको भ्रमणले बाढी / पहिरो पीडितलाई आशा लागेको छ दलका नेता रावलले भने स्वयमसेवीरुपमा काम गरिरहेका काँग्रेस कार्यकर्तामा पनि उत्साह थपेको छ ।

उनले कैलालीमा धान पुरै सखाप भएको, पूर्वी कैलालीका गाउँवस्ती र हुलाकी सडकमा कर्णाली बगेको पनि प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार