१३ बैशाख २०८१, बिहीबार

प्रधानमन्त्री देउवाले भने एमसीसी संशोधन नभएरै पास हुन्छ



धनगढी / प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेकै संशोधन नभएरै अमेरिकाको मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी ) पास हुने बताएका छन् ।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले सितैमा दिन्छु भन्दा पनि लिन नहुने देउवाले भने एमसीसी बारे झुटा प्रचार गरिएको छ । उनले भने एमसीसी अनुदान हो नेपालकै कानुन लागू हुन्छ ।

सुदूरपश्चिमका डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा वाढी/पहिरोले पारेको क्षति बुझेर धनगढी आएका देउवाले बाढी/पहिरो पीडितलाई तत्कालिन र दीर्घकालीन प्याकेज मार्फत राहत दिने बताए ।

एक अर्को प्रसंगमा प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेश लगायतका सरकार परिवर्तनका विषयमा गठवन्धनले आवश्यक निर्णय गर्ने बताए ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले काँग्रेसको महाधिवेशन सम्वन्धी काम निर्वाचन समितिले निर्णय गरे बमोजिम हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार