८ बैशाख २०८१, शनिबार

बाढी प्रभावित क्षेत्रको भ्रमणमा प्रधानमन्त्री देउवा



धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार कर्णाली र सुदूरपश्चिमका विभिन्न बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमणमा निस्किएका छन् ।

उनी काठमाडौंबाट सुर्खेत प्रस्तथान गरेका छन् । त्यहाँबाट बझाङ, डडेलधुरा, कञ्चनपुर, कैलालीलगायतका जिल्लाका विभिन्न प्रभावित क्षेत्रको अवलोकनमा पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । देउवा शुक्रबार मात्रै काठमाडौं फर्किनेछन् ।

अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा व्यापक जनधनको क्षति भएको छ ।

सरकारले बाढी पहिरोबाट मृत्यु भएकाका परिवारलाई २ लाख र घर क्षति भएको भए ५ लाखसम्म राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ । यस्तै घाइतेहरुको उपचार निःशुल्क हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार