२२ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री देउवाले बाढी प्रभावित क्षेत्र अवलाेकन गर्ने



धनगढी । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा आज बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने छन ।

शनिबार रातीदेखि परेको अविरल वर्षाका कारण देशभरीनै भौतिक तथा मानविय क्षति भएपछि अहिले उनी अवलोकन गर्न लागेको प्रधानमन्त्री सचिवालयले जनाएको हो ।

प्रधानमन्त्री देउवाको हेलिकोप्टरमार्फत सुर्खेत हुँदै डोटी, डडेल्धुरा, बझाङ, कञ्चनपुर र कैलाली क्षेत्रको अवलोकन गर्ने कार्यतालिका रहेको छ ।

प्रधानमन्त्री भएपछि पहिलो पटक आफनो गृह प्रदेश आउन लागेका उनी आज धनगढी बस्ने कार्य तालिका रहेको छ ।

शुक्रबार कैलालीकाे दक्षिणी भेग टिकापुर भजनी लागयतकाे बाढी प्रभाबित क्षेत्रकाे अनुगमन गर्ने कार्यतालिका रहेकाे बताईएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार