सुदूरपश्चिममा वाढी र पहिरोबाट २८ जनाको मृत्यु
धनगढी / सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले अबिरल बर्षाका कारण प्रदेशमा आएको बाढी,पहिरोबाट २८ जनाको मृत्यु भएको जनाएको छ ।
सो कार्यालयका अनुसार डोटीमा १३, वझाङमा आठ, वैतडीमा चार, डडेल्धुरामा दुई र कैलालीमा एक जनाको मृत्यु भएको हो ।
यसै गरेर डोटीमा आठ, बैतडीमा दुई, डडेल्धुरामा पनि दुई र वझाङमा एक जना घाइते भएका छन् ।
त्यस्तै गरेर वझाङमा २० र कैलालीमा एक गरेर २१ जना बेपत्ता भएका छन् ।