२२ बैशाख २०८१, शनिबार

संसदीय दलका नेता तथा मन्त्री सोडारीद्धारा मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त




धनगढी /
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले वेमौसमी वर्षाका कारण सुदूरपश्चिममा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

काम विशेषले काठमाण्डौं रहनुभएका मन्त्री सोडारीले सुदूरपश्मिेली जनताले भोग्नु परेको समस्या बारे आफू जानकार रहेको बताउँदै प्रदेश सरकारले पहलमा तत्कालको लागि बाढी प्रभावित सुदूरपश्चिमका सबै जिल्लाहरूमा २५ लाख रुपैयाँ उपलव्ध गराउने बताए ।

उनले उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन कोषमा २५ लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरिएकोले त्यो कार्यान्वयन गर्न प्रदेश सरकार अग्रसर रहेको बताए ।

प्रदेशको सबै जनशक्ति विपद् व्यवस्थापन, उद्धार र राहतमा लाग्न निर्देशन जारी भइसकेकोले उनको भनाइ छ । उनले संघ सरकारले समेत सुदूरपश्चिम प्रदेशका बाढी तथा पहिरो पीडितलाई उद्धार र राहतको विशेष प्याकेज ल्याउनु पर्ने माग समेत गरेका छन् ।

सुदूरपश्चिम लगायत देशका विभिन्न क्षेत्रहरुमा परेको अविरल वर्षाका कारण भएको बाढी, पहिरो, डुबान र नदी कटानले ठूलो धनजनको क्षती हुनुका साथै अन्न बालीको पनि नोक्सानी भएकोप्रति उनले दुः ख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार