२२ बैशाख २०८१, शनिबार

बैतडीको ढुंगाड र बझाङको थलाराका बाढी पडितको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर जाँदै



धनगढी । बैतडीको ढुंगाड र बझाङको थलाराका पहिरो पीडितको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइने भएको छ । 

बुधवार बाढी पहिरो पीडितहरूको उद्धारको लागि बैतडीको ढुंगाड र बझाङको थलारा क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर पठाउन लागेको सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् । 

मन्त्री जोशीले अन्य कतै उद्धार खोज गर्नुपर्ने अवस्था सिर्जना भएको छ भने सबैलाई जानकारीको लागि अनुरोध गरेकी छन् । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार