२२ बैशाख २०८१, शनिबार

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट २ जनाको मृत्यु



धनगढी । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट २ जनाको मृत्यु भएको छ । 

मंगलबार राति हात्तीको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका–१२ मा श्रीमान र श्रीमातीको मृत्यु भएको हो । 

जंगली हात्तीको आक्रमणबाट ६६ वर्षीय ध्वजबहादुर कार्की र ५३ वर्षीय मधुरा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) सिद्धराज न्यौपाले बताए । उनले घटना बारे थप बुझ्न ईलाका प्रहरी कार्यालय झलारीबाट टोलि घटनास्थल तर्फ पठाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार