२१ बैशाख २०८१, शुक्रबार

महाकाली नदीको विचमा पाँच जना अलपत्र




महेन्द्रनगर / महाकाली नदीको बीचमा पाँच जना फसेका छन् । उनीहरु सोमबार साँझ बाढी आउदा नदीको बीचमा फसेका हुन ।

भीमदत्त नगरपालिका–९ मसेट्टीका ३५ वर्षीय पुष्कर नायक, ४५ वर्षीय दीर्घमती खड्का, ३२ वर्षीय शान्ती नायक, ९ वर्षीय असोक नायक र ५ वर्षीय अजय नायक नदीमा फसेका हुन ।

उनीहरु भारतबाट आउदै गर्दा नदीमा फसेको बताइएको छ । यद्यपी उनीहरु कसरी नदीमा फसेका हुन ऐकिन हुन सकेको छैन । नदीको वीचमा ढुंगामा बसेर उनीहरुले ज्यान जोगाइ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार