७ बैशाख २०८१, शुक्रबार

कैलाली कञ्चनपुरमा १५ प्रतिशत धान विग्रने सम्भावना



कञ्चनपुर जिल्लाका विभिन्न ठाउँमा वषाले विगारेको धान वाली ।
तस्बिर सौजान्य : यज्ञराज जोशी/कृषि विकास निर्देशनालय दिपायल


धनगढी / देशकै अन्न भण्डारकारुपमा परिचित कैलाली र कञ्चनपुर जिल्लामा १५ प्रतिशत धान विग्रने भएको छ । मनसुन सकिएपछि फर्केको वर्षाले धान बालीमा ठूलो नोक्सान हुने भएको हो ।

आइतबारदेखि लगातार भइरहेको वर्षा भइरहेको छ । कैलालीमा ४० प्रतिशत धान अझै खेतमा रहेको छ भने कञ्चनपुरमा ३० प्रतिशत धान काट्न बाँकी रहेको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले बताए ।

कैलालीमा क्षतिको ऐकिन हुन नसकेको भए पनि कञ्चनपुरमा १० देखि १५ प्रतिशत धानमा क्षति पुगेको अनुमान छ ।

सुदूरपश्चिम प्रदेशका तराइका जिल्ला कैलाली, कञ्चनपुर मात्र होइन पहाडी सात जिल्लामा समेत पानी परिरहेकोले धानबालीमा क्षति हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा देशभरमै सबैभन्दा बढी सुदूरपश्चिमको डडेलधुरामा १६६.२ मिलिमिटर पानी परेको छ ।

यस्तै गरेर कैलालीमा ९८ मिलिमिटर र दिपायलमा १५५.३ मिलिमिटर पानी परेको छ । महाशाखाले बुधबारसम्म पानी परिरहने अनुमान गरेको छ । सुदूरपश्चिममा असोज १९ गतेसम्म पानी परिरहेको थियो भने १० दिनपछि फेरि पानी फर्केको छ ।

कृषि विकास निर्देशनालय दिपायलका अनुसार सुदूरपश्चिममा एक लाख ८१ हजार हेक्टरमा धान खेती गरिन्छ । त्यसमध्ये कैलालीमा ७२ हजार हेक्टर कञ्चनपुरमा ४८ हजार ४७५ हेक्टरमा धान खेती गर्ने गरिएको छ ।

सुदूरपश्चिमममा गत वर्ष छ लाख ७० हजार ५०३ मेट्रिक टन धान उत्पादन भएको थियो । निर्देशनालयका प्रमुख जोशीले बताए । सो उत्पादनको आधा भन्दा बढी तीन लाख ४० हजार मेट्रिक टन धान कैलालीमा फलेको थियो ।

उनले कैलालीमा ६० र कञ्चनपुरमा ७० प्रतिशत धान सुरक्षितरुपमा घरमा राखिसकेको २० प्रतिशत काट्न बाँकी रहेको र २० प्रतिशत जति काटेर खेतमै छुटेको अवस्थामा रहेको बताए ।

हामीलाई खेतमा काटेर दशैका कारण उठाउन छुटेको धान बिग्रने चिन्ता छ उनले भने, यसले उत्पादन त घट्छ नै किसानको लगानी पनि डुव्न सक्छ । पानीमा भिजेको धानको गुणस्तर कम छ भन्दै उद्योगीहरुले किसानबाट सस्तोमा किन्न खोज्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार