२१ बैशाख २०८१, शुक्रबार

महाकाली नदिमा आएको बाढीले तटिय क्षेत्र डुबानमा



धनगढी । आईतवार साँझदेखि परेको अविरल बर्षाले महाकाली नदिमा आएको बाढीले तटिय क्षेत्र डुबानमा परेका छ्न । भीमदत्त नगरपालिका ९ खल्ला, वडा नम्बर १२ ऎरि १३ को सोनापुर क्षेत्रमा स्थानीयको घरमा पानी पसेको छ ।

स्थानीयको उद्दारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छ्न । बेमौसमी बर्खाका कारण कात्तिक महिनामा महाकाली नदिमा अहिले सम्मको उच्च बाढी आएको हो । महाकाली नदिमा मंगलबार बिहान ५ बजे ३ लाख ९१ हजार ३६४ क्युसेक पानीको बहाव मापन गरिएको छ ।

२०७० सालयता नदिमा यो उच्च बहाव हो । दार्चुला क्षेत्रमा अविरल पानी परिरहेकोले महाकाली नदिमा पानीको बहाव अझ बढ्न सक्ने भन्दै सतर्कता अपनाउन कंचनपुर प्रशासनले अनुरोध गरेको छ । 

त्यस्तै बाढीका कारण महाकाली पुल आयोजना भित्रको भाईरल रोडले परिचित छ लेन कालोपत्र सडक समेत कटान हुन थालेको छ । 

पुल आयोजना देखि करिब दुई सय मिटर उत्तर तर्फ रहेको बैजनाथ मन्दिर क्षेत्रमा रोड कटान सुरु गरेको महाकाली पुल आयोजना ईन्जिनियर किशोर पाण्डेले बताए ।

महाकालीमा पानीको बहाव अहिलेसम्मकै उच्च रहेको भन्दै पाण्डेयले बहाव कम नभए कालोपत्रे सडक पुरै भत्काउने अवस्थामा रहेको बताए । 

ईन्जिनियर पाण्डेले आयोजनाको अस्फाक प्लान्ट एरिया र क्याम्पमा समेत बाढी पसेको बताए । उनले क्याम्पमा रहेका सामाग्रीहरुलाई सुरक्षित स्थानमा सार्ने कार्य भैरहेको बताए ।

यस्तै दोधाराचादनी नगरपालिका १० जोगबुढा नदि छेउमा रहेको कुतियाकवर शसस्त्र प्रहरीको अस्थायी क्याम्पमा बाढी पसेको छ । राती १ बजे नजिकैको हरिओम प्राथमिक बिधालयमा प्रहरीलाई स्थानान्तरण गरेपनी त्यहा पनि बाढि पसेपछी प्रहरीकै बिचल्ली भएको छ । 

भिमदत्त नगरपालिकाका वडा नम्बर १२ ऎरीघाट, ओदाली र वडा नम्बर १३ बढैपुर र पिपरैया का करिब २ सय घर डुबानमा परेको ईलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन गुरुङले जानकारी दिए । उनले उद्दार गरिएकालाई जनता प्राथमिक बिधालय  ऎरीघाटमा राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार