१४ बैशाख २०८१, शुक्रबार

सेती प्रयोगशालामा थप ७ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु



धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६५ जनाको नमूना परिक्षण गरिएकोमा ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

हाल अस्पतालमा ७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ६ जनाको आइसियुमा उपचार भईरहेको छ भने ३ जनाको भेन्टिलेटरमा उपचार भइएरहेको अस्पतालले जनाएकोे छ । यस्तै पछिल्लो २४ घण्टामा ३ जना अस्पताल भर्ना भएका छन् । भने ३ जना कोरोनामुक्त भएका छन् ।

यस्तै सोही अवधिमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका ७ का ७० बर्षीय एक पुरुष र कञ्चनपुरको बेलडाडी गाँउपालिका २ का ६७ बर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार