१३ बैशाख २०८१, बिहीबार

पछिल्लो २४ घण्टामा शून्य परिक्षण



धनगढी । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा शून्य पिसिआर परिक्षण भएको छ । स्वाव संकलन नहुँदा पिसिआर परिक्षण नभएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

हालसम्म प्रादेशिक अस्पतालमा एक लाख १६ हजार एक सय ४७ स्वाव संकलन भएकोमा २० हजार सात सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमध्ये अस्पतालमा एक हजार पाँच सय ४० जना अस्पतालमा भर्ना भएका थिए । सूचना अधिकारी श्रेष्ठका अनुसार एक हजार तीन सय ३१ जना निको भई घर फर्केका छन भने दुई सय जना उपचारकै क्रममा मृत्यु भएको थियो ।

अहिले अस्पतालमा नौ जना उपचाररत रहेकोमा पाँच जना आइसियू र तीन जना भेन्टिलेटरमा भर्ना भएका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार