२२ बैशाख २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज (आईतबार) सार्वजनिक बिदा दिएको छ  । संघीय सरकारले यो वर्ष असोज २६ गते फुलपाती देखि एकादशीसम्म ५ दिन दसैं बिदा दिएको थियो ।

प्रदेश मन्त्रिपरिषद्को २०७८ वैशाख १९ गते बसेको बैठकले गरेको निर्णयअनुसार सुदुरपश्चिमम प्रदेशभर आज पनि दसैँकै अवसरमा थप एक दिन बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले जानकारी दिए ।

उनका अनुसार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरीसकेको छ । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार