७ बैशाख २०८१, शुक्रबार

राज्यमन्त्री चौधरीद्धारा सहकारीको भवन उद्घाटन




धनगढी /
कैलालीको अत्तरियामा सञ्चालित एकता बचत तथा ऋण सहकारी भवनको उद्घाटन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरीले एक कार्यक्रमकाबीच सो भवनको उद्घाटन गरिन् ।

उद्घाटनका क्रममा राज्यमन्त्री चौधरीले सहकारीका माध्ययमबाट समाज रुपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने बताइन् । उनले सहकारी निमुखा जनताको जीउने आधार भएकोेले त्यसतर्फ लागेर आयआर्जनमा लाग्न आग्रह गरिन ।

उनले सहकारीले नै समाज रुपान्तणमा महत्वपूर्ण योगदान पर्याएको भन्दै महिलाहरुलाई पनि सहकारीमा जोडिन आग्रह गरिन् ।

राज्यमन्त्री चौधरीको पहलमा १३ लाख रुपियाँको लागतमा सो भवन निर्माण सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार