१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री देउवा मन्त्रीपरिषदलाई पूर्णता दिदै




धनगढी / प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिने भएका छन् ।

शुक्रबार दिउँसो हुनेवाला मन्त्रीहरुको नाम राष्टपति विद्यादेवी भण्डारीलाई पठाएका छन् ।

उनीहरुको शुक्रबार साँझ नै सपथग्रहण हुने बताइएको छ । देउवा सरकारमा सुदूरपश्चिमका प्रेम आलेमगरदेखि चर्चित नेतृ रामकुमारी झाक्री मन्त्री हुने भएकी छन् ।

मन्त्री परिषदमा संघीय संसदका दुईवटै सदनमा नभएका गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनाइने भएको छ ।

हमाल प्रधानन्यायधिस चोलेन्द्र शम्शेरका नातेदार रहेको चर्चा सामाजिक सञ्जालमा चलेको छ ।

कसलाई कुन मन्त्रालय ?

काँग्रेस

गृह मन्त्रालय– बालकृष्ण खाण

सञ्चार, सूचना तथा प्रविधि– ज्ञानेन्द्रबहादुर कार्की

परराष्ट्र मन्त्रालय – नारायण खड्का

रक्षा मन्त्रालय – मिनेन्द्र रिजाल

कानुन न्याय तथा संसदीय मामिला– दिलेन्द्र बडू

खानेपानी मन्त्रालय – उमाकान्त चौधरी

महिला बालबालिका तथा ज्येष्ठ नागरिक– उमा रेग्मी

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय – गजेन्द्र हमाल

माओवादी केन्द्र

ऊर्जा मन्त्रालय – पम्फा भुषाल

अर्थ मन्त्रालय – जनार्दन शर्मा

शिक्षा विज्ञान तथा प्रविधि– देवेन्द्र पौडेल

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण– शशी श्रेष्ठ

युवा तथा खेलकुद मन्त्रालय– महेश्वर गहतराज

एकीकृत समाजवादी

स्वास्थ्य तथा जनसंख्या – विरोध खतिवडा

संस्कृति पर्यटन तथा नागरिक उड्यन–रामकुमार झाँक्री

श्रम रोजगार तथा सामाजिक सुरक्षा– कृष्णकुमार श्रेष्ठ (किसान)

सहरी विकास मन्त्रालय– प्रेम आले

स्वास्थ्य राज्यमन्त्री – भवानीप्रसाद खापुङ

जसपा

संघीय मामिला तथा सामान्य प्रशासन– राजेन्द्र श्रेष्ठ

भौतिक पुर्वाधार तथा यातायात – रेणु यादव

वन तथा वातावरण– रामसहाय यादव

कृषि तथा पशुपन्छी विकास– प्रमोद साह

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार