५ जेष्ठ २०८१, शनिबार

पहिलो निर्वाचनमा तेस्रो मत ल्याएका शाह निर्णायक बनेपछि बाजुरामा देउवा पक्षलाई हराउदै रावल निर्वाचित




धनगढी । बाजुराका सभापति शेरबहादुर देउवा पक्षलाई हराउदै पौडेल कोइराला खेमाका रामसिंह रावल निर्वाचित भएका छन् । रावलले ३९ मतको अन्तरले जितेका हुन ।

शुक्रबार विहान प्राप्त मत परिणाम अनुसार रावलसंग देउवा पक्षिय वर्तमान सभापति समेत रहेका कविराज पण्डित पराजित भएका हुन । रावलले ६०५ र पण्डितले ५६६ मत प्राप्त गरेका छन् ।

बाजुरामा बुधबारको मतदानबाट तीन उम्मेदवार भएकोले कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसक्दा बिहीबार फेरि मतदान भएको थियो ।

बुधबारको मतदानमा तेस्रो मत ल्याएका देउवा पक्षिय मानिएका चक्रबहादुर शाहले समर्थन गरेपछि रावलको जीत सहज भएको हो ।

शाहले आफूलाई देउवा समूहबाट आधिकारिक उम्मेदवारी नदिएकोले रावललाई समर्थन गरेको अनुमान गरिएको छ । शाहले बिहीबार पत्रकार सम्मेलन नै गरेर रावललाई समर्थन गरेको घोषणा गरेका थिए ।

रावललाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री सिग्देल, पूर्व संघीय राज्यमन्त्री जनक गिरी, पूर्व सभापति मानबहादुर रावल लगायतको सर्मथन रहेको थियो । भने पण्डितलाई पूर्व संघीय सांसद देवराज जोशी, नेता पदम शाही लगायतको समर्थन रहेको थियो ।

नवनिर्वाचित सभापति रावल बाजुराको त्रिवेणी नगरपालिकाका मेयर र पुराना कांग्रेस नेता हुन । यस्तै पराजित पण्डित ०७४ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार भएर पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार