५ जेष्ठ २०८१, शनिबार

भानुभक्त जोशी समाजवादीमा, केन्द्रीय उपमहासचिव हुँदै



धनगढी / नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भानुभक्त जोशी माधव नेपाल नेतृत्वको नेकपा (समाजवादी) मा खुलेका छन् ।

उनले बुधबार अध्यक्ष माधव नेपालको उपस्थितिमा काठमाडौमा भएको एक कार्यक्रममा आफू समाजवादीमा क्रियाशिल रहने घोषणा गरेका थिए ।

माधव नेपाल समूहमा रहँदै आएका जोशी १० बुँदे सहमति कार्यान्वयन हुने विश्वासमा एमालेतिरै देखिएका थिए ।

तर १० बुँदे कार्यान्वयन नहुने भएपछि आफू समाजवादीमा खुलेको जोशीले बताएका छन् ।

जोशी झलनाथ खनाल प्रधानमन्त्री हुँदा वनमन्त्री र ०५१ र ०६४ मा प्रतिनिधि सभा सदस्य भइसकेका छन् । उनी एमालेको आठौ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

त्यसअघि पनि वैकल्पीक केन्द्रीय सदस्य भइसकेकाश छन् । जोशीले एमाले बझांगको सचिव र सेती अञ्चल इन्चार्जको जिम्मेवारी सम्हालिसकेका छन् ।

उनी एमालेको समानान्तर कमिटीका प्रदेश अध्यक्ष पनि थिए ।

जोशी अव समाजवादीको केन्द्रीय उपमहासचिव हुने बताइएको छ । जोशीलाई पर्खेर सो पार्टीको केन्द्रीय पदाधीकारीमा अहिलेसम्म कसैलाई पनि मनोनित गरिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार