८ बैशाख २०८१, शनिबार

खप्तडमा छायांकन भएको म्युजिक भिडियोको रिलिज (भिडियो सहित)



धनगढी / भर्जिन ल्याण्डकारुपमा परिचित सुदुरपश्चिममा रहेको पर्यटकीय क्षेत्र खप्तडमा छायांकन भएको “जीवन फुल्ने मेरो लहरा हो केवल तिमी हौ, भर दिने मेरो पहरा हो केवल तिमी हौ” म्युजिक भिडियोको रिलिज भएको छ ।

एक महिना अघि सुटिङ भएको चार मिनेट लामो सो म्युजिक भिडियोमा मोडेल पल शाह र गरिमा शर्माले अभिनय गरेका छन् । सो म्युजिक भिडियो आइतबार युट्बमार्फत सार्वजनिक गरिएको हो ।

राजकुमार र राजकुमारीको प्रेमलिला हेर्न मिल्ने सो म्युजिक भिडियोले मोडल, पर्यटकीय क्षेत्र, शव्द र लयका कारण अत्याधिक दर्शकको माया पाउने विश्वास गायक सुनिल गिरीको छ ।

सो गीतमा गिरी र डा. त्रिशला गुरुङको स्वर रहेको छ । गीतको शव्द र संगित पनि गायक गिरीकै रहेको छ भने म्युजिक भिडियोको छायांकन र निर्देशन अनिल के मानन्धरले गरेका छन् ।

भर्जिनल्याण्डकारुपमा रहेको खप्तडको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पर्यटन प्रवद्र्धन उद्धेश्यले समेत सो क्षेत्रमा छायांकन गरिएको गायक गिरीको भनाइ छ ।

खप्तड पुग्न निक्कै कठिन छ तर हामीले निर्माण गरेको म्युजिक भिडियो हेरेपछि गएकालाई थकाई र दुःख विर्साउने छ भने नगएकालाई खप्तड जाउजाउ भन्ने लाग्ने छ सुटिङबाट फर्किएपछि मोडेल पल शाहले प्रतिक्रिया दिएका थिए ।

१० दिन लगाएर सुटिङ गरिएको सो गीतको छायांकनमा १५ लाख खर्च भएको म्युजिक भिडियोका निर्माता समेत रहेका गायक गिरीले बताए ।

गायक गिरी १२ जना काठमाडौ र १० जना बझाङबाट लिएर गत भदौ २५ गते खप्तड पुगेका थिए ।

राष्ट्रिय स्तरका कलाकार गएर खप्तडमा सुटिङमा गरेको सम्भवत यो पहिलो म्युजिक भिडियो हो । सुदूरपश्चिम क्षेत्रमा चर्चित देउदा गीतका सुटिङ भने धेरै भएका छन् ।

३१०० देखि ३५०० मिटरसम्मको उचाइमा रहेको खप्तड प्राकृतिकरुपमा निक्कै रमणीय छ । सँधै आनन्ददायी मौसम रहने खप्तड घना जंगल र धार्मिक क्षेत्रकारुपमा पनि परिचित छ ।

खप्तड बाजुरा, वझाङ, डोटी र अछाम गरेर चार जिल्लाको साझा क्षेत्र समेत हो ।


प्रतिक्रिया दिनुहोस्
विशेष समाचार