७ बैशाख २०८१, शुक्रबार

धनगढीमा अक्सिजन उत्पादन शुरु



तस्बिर सौजन्य : कृतबहादुर विष्ट

धनगढी / चौधरी फाउन्डेसन र धनगढी उपमहानगरपालिकाको साझेदारीमा स्थापना भएको अक्सिजन प्लान्टले बुधबारबाट अक्सिजन उत्पादन शुरु गरेको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेली स्वास्थ्य चौकीमा स्थापना भएको अक्सिजन प्लान्टले अक्सिजन उत्पादन गर्न शुरु गरेको उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहराले बताए ।

उनले अहिले जडान गरिएको प्लान्टले दैनिक १५० सिलिन्डर अक्सिजन उत्पादन हुने बताए ।

कोभिड–१९ दोश्रो चरणका बेला उपचारका लागि अक्सिजनको हाहाकार भएपछि उपमहानगरपालिकाले डा. आरजु राणा देउवासंगको सहकार्यमा चौधरी फाउन्डेसनले उपमहानगरपालिकाको बेलीमा अक्सिजन प्लान्ट स्थापना गरेको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले बताए ।

धनगढी उपमहानगरपालिका र चौधरी फाउन्डेसनको आर्थिक सहयोगमा प्लान्ट स्थापना गरिएको बताउदै मेयर वडले अक्सिजन प्लान्ट स्थापना भएपछि नगरबासीलाई उपचारमा सहज हुने बताए । उनले प्लान्टलागि मुख्य भुमिका निभाउनु हुने डा. आरजु राणा देउवालाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार