४ जेष्ठ २०८१, शुक्रबार

सूचीकृत हुन सोनाहा समूदायले दवाव दिने



राजापुर / लोपोन्मुख सोहना जातीले आफूहरुको सूचीकरणका लागि शसक्तरुपमा आवाज उठाउने निर्णय गरेका छन् ।

बुधबार बर्दियाको राजापुर नगरपालिका –१ मा भएको अन्तरक्रियामा उनीहरुले सूचीकरणका लागि स्थानीय, तह, प्रदेश र संघीय सरकारलाई दवाव दिने निर्णय गरेका हुन ।

सोनाहा विकास समाजको आयोजनामा भएको कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायले निरन्तर प्रयास गरिए सूचीकरण हुने बताए ।

उनले भने सर्वोच्च अदालतले नै सूचीकरण गर्न सरकारलाई निर्देशन दिइसकेकोले सोनाहाको सूचीकरण कसैले रोक्न नसक्ने बताए । उनले सुदूरपश्चिम र लुम्विनी प्रदेश सरकारमार्फत आफूले समेत सूचीकरणका लागि पहल गर्ने आश्वासन दिए ।

सो अवसरमा बोल्दै संविधान सभाका सदस्य हरी श्रीपाइलीले सूचीकरणका लागि सोनाहा समूदाय आफै सक्रियतापूर्वक लाग्नु पर्नेमा जोड दिए ।

उनले भने कमैया र दलित समूदायले आफैले संघर्ष गरेर अधिकार लिएकोले सोनाहाले पनि ती उदाहरणबाट सिक्नु पर्नेमा जोड दिए । उनले सोनाहा समूदाय एक भएर अघि बढे आफूहरुले पनि सहयोग गर्ने बताए ।

हामी जस्ता नागरिकहरुको समेत सहयोगले कमैया र दलित आन्दोलनलाई सफलता मिल्यो श्रीपालीको सुझाव थियो सूचीकरण लागि सोनाहा बाहेकका जिम्मेवार नागरिक र संस्थाहरुको पनि सोनाहा समुदायले सहयोग र समर्थन लिन सक्नुपर्छ ।

अहिले प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपालहरु जस्ता जिम्मेवार नेताहरुको पहलबाट गठबन्धन सरकार बनेको यो सरकारलाई दवाव दिने हो भने पक्कै पनि सोनाहालाई सूचीकरण गर्छ नेता श्रीपाइलीको विश्वास थियो ।

राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले सोनाहा समुदायले परम्परादेखि गर्दे आएको सुन चाल्ने, माछा मार्ने लगायतका काम कसैले रोक्न नसक्ने बताए । उनले भने बर्दियामा कसैले रोक्न खाजे आफूले सक्दो सहयोग गर्ने बताए ।

सो अवसरमा बोल्दै सोनाहा विकास समाजका अध्यक्ष बलबहादुर सोनाहाले सूचीकरण नहुँदा सुन चाल्ने, माछा मार्ने, डुंगा चलाउनेदेखि गाँस,वाँस, कपास, शिक्षा, स्वास्थ्य, राजनीतिक अधिकार, रोजगारी र सामाजिक सुरक्षामा समेत समस्या भएको बताएका थिए ।

कार्यक्रममा कैलाली र बर्दियाका सोनाहा समूदायका अगुवाहरुको उपस्थिति थियो । सोनाहाहरुको कैलाली, कञ्चनपुर र बर्दियामा बसोबास गर्छन । आफ्नै भाषा समेत रहेको सोनाहाको संख्या तीन जिल्लामा गरेर १२०० जति रहेको अनुमान छ ।

सूचिकरण भएन भने सो संख्या लोप भएर जाने चिन्ता सो समूदायको छ । सो अवसरमा सोनाहा समुदायले आफ्ना गतिविधी गर्दे गए लोप हुनबाट बच्ने धारणा घोडाघोडी नगरपालिका कैलालीकी कार्यपालिका सदस्य राधा सोनाहाको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार