२२ बैशाख २०८१, शनिबार

‘बल्ल न्याय’




धनगढी /
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का नेता तारा लामा तामाङ नियुक्त भएका छन् । धेरैले उनलाई वल्ल न्याय भएको टिप्पणी गरेका छन्

तामाङलाई शुक्रबार साँझ प्रदेश प्रमुख गंगाप्रसाद यादवले पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

लामा नेकपा (एस) कञ्चनपुर अध्यक्ष हुन । यसअघि उनी एमालेको प्रमुख सचेतक समेत थिए । उनी कञ्चनपुर क्षेत्र नम्बर १ क बाट प्रदेश सभामा निर्वाचित हुनु भएका हुन ।

तामाङलाई चौथो पटकको मन्त्री मण्डल विस्तारमा मात्र मन्त्री बनाइएको हो । एमाले कञ्चनपुरका अध्यक्ष समेत रहेका उनी ०७५ फागुन ५ गते नै मन्त्री बन्नु पर्ने थियो । त्यसपछि दोस्रो पटकको पुर्नगठनमा पनि लामा मन्त्री हुने चर्चा थियो ।

तर एमालेका शक्ति केन्द्रको लडाइँले उनी मन्त्री हुन सकेनन् । जवकी उनी भन्दा निक्कै कमजोर राजनीतिक पृष्ठभूमी भएकालाई मन्त्री बनाइएको थियो । तेस्रो पटकको मन्त्री मण्डल विस्तारमा उनलाई रोजेर मन्त्रालय लिन भनिएको थियो तर एक्कासी सल्लाह विना नै प्रमुख सचेतकबाट हटाएपछि उनले सपथ खान मानेनन् ।

चौथो पटक पनि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले एमाले रोज्दै मन्त्रीबाट राजीनामा गरेपछि उनलाई मन्त्री बन्ने मौका मिलेको हो ।

सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख अर्जुनबहादुर थापा, नेकपा (एस)का संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, मन्त्रीहरु, उपसभामुख, राज्यमन्त्रीहरु र प्रदेश सभा सदस्यहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार