२२ बैशाख २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशमा तामाङ अर्थमन्त्री बन्दै




धनगढी / सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा तारा लामा तामाङ नियुक्त हुने भएका छन् । सम्भवत उनको शुक्रबार साँझ सपथ ग्रहण हुने बताइएको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्ट डोटी भएकोले ढिलाइ भयो नत्र विहीवार साँझ वा शुक्रबार विहानै सपथ ग्रहण हुन्थ्यो । मुख्यमन्त्रीका स्वकिय सचिव प्रेम कुँवर प्रख्यातका अनुसार मुख्यमन्त्री शुक्रबार दिउँसो धनगढी पुग्ने कार्यक्रम छ ।

लामा नेकपा (एस) कञ्चनपुर अध्यक्ष र यसअघि एमालेको प्रमुख सचेतक समेत थिए । उनी कञ्चनपुर क्षेत्र नम्बर १ क बाट प्रदेश सभामा निर्वाचित भएका हुन ।

अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहराको नाम चर्चामा छ । उनी वझाङबाट प्रतितिनिधित्व गर्ने समानुपातिक प्रदेश सभा सदस्य हुन ।

नेकपा (एस) का प्रमुख सचेतक दुर्गा विकले संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई पार्टी, मुख्यमन्त्री लगायतका आवश्यक पर्नेहरुसित समन्वय गरेर मन्त्री लगायतका जिम्मेवारी बारे टुंगो लगाउने जिम्मेवारी दिइएको बताइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार