६ चैत्र २०८०, मंगलवार

रावल उपाध्यक्ष हो, म इन्चार्ज – नेता भट्ट



एमसीसी उपयुक्त छैन्

धनगढी / नेकपा एमालेका स्थायी समिति सदस्य लेखराज भट्टले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयन उपयुक्त नहुने बताएका छन् ।

“यो (एमसीसी) गोजल्टिएको जस्तो भइसक्यो” बुधबार धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने– अमेरिकाले चीनलाई घेर्ने, बिजुलीको तारबाट बम पड्किने जस्ता कुप्रचार हुनथालेपछि अहिले मलाई पनि एमसीसीको कार्यान्वयन उयिुक्त हुदैन भन्ने लागेको छ ।

पत्रकारहरूको एक जिज्ञासामा नेता भट्टले एमाले एकताका लागि भएको १० बुँदे सहमति र जेठ २ (२०७२ साल) मा टेकेर पार्टीले दिएको जिम्मेवारी परिवर्तन नहुने जिकिर गरे ।

उनले भने– पार्टीमा विवाद गरेर केहि पनि हुदैन । कमरेड भीम रावल र मेराबीच राम्रै सम्बन्ध छ, तर पार्टीले दिएको जिम्मेवारी सबैले मान्नु पर्दछ ।
नेता भट्टले थपे– कमरेड रावलले जेठ २ कार्यान्वयन हुनु प¥यो भन्नुभयो । पार्टी अध्यक्षले जेठ २ इतिहास भइसक्यो, तपाईंहरू एकतामा आएर ठिक गर्नु भो । तर, माधव नेपाल सहितको टिम आएको खण्डमा पो जेठ २ र १० बुँदे कार्यान्वयन हुन्छ भन्नुभयो ।

उनले आफु नै एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेको दोहोराए । उनले भने– अध्यक्ष कमरेडले पार्टीको उपाध्यक्ष रावलले सोही अनुसार भूमिका निर्वाह गर्ने र प्रदेशको इन्चार्ज लेखराज भट्ट र अध्यक्ष कर्ण थापा नै हुने बताइसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार