१६ चैत्र २०८०, शुक्रबार

१० बुँदे कार्यान्वयन हुन्छ : एमाले उपाध्यक्ष रावल



माधव नेपालको समाजवादीलाई लक्षित गर्दे रावलले भने, काँग्रेससित मिल्छौ भन्नु भन्दा त काँग्रेस नै भए हुन्छ नि


धनगढी / एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले १० बुँदे प्रस्ताव कार्यान्वयन हुने बताएका छन् । उनले केही स्वार्थी पदलोलुप्तहरुले आफ्नो भाग खोसिने चिन्ता गरेर अनेक हल्ला गरेको संकेत गरे ।

कोही कोही जन्ते ताउलो होइन कसौडीमा खिचडी पकाएर खान खोज्छन् , त्यसरी खाँदा मिठो पनि लाग्न सक्छ तर एमालेमा त्यस्तो हुँदैन मंगलबार धनगढी स्थित नेकपा (एमाले) को कार्यालयमा आयोजित कार्यक्रममा उनले भने ।

एमाले विभाजन रोक्नका लागि नै १० बुँदे सहमति भएको हो उनले भने जनताको भावना, कम्यूनिष्ट आन्दोलन सम्झेर नै १० बुँदे भएको हो ।

उनले मदन भण्डारीले उठाएको राष्ट्रबादको झण्डा आफूहरुले उठाइरहने बताए ।

फरक प्रसंगमा उनले अहिले एमालेमा आएको समस्या ०५४ सालको पार्टी फुट भन्दा सानो भएकोले धेरै यसपटक ठूलो समस्या नहुने वताए ।

एमाले छोडेर समाजवादी बनेको पार्टीले एमसीसी बारे आफ्नो धारणा किन ल्याएन, जनताको हीतमा छौ भन्नेहरु किन चुप छन् उनले प्रश्न गरे । । समाजबादीमा लाग्न विकास योजना र पद दिन खोजिएको छ तर हामीहरु पद, प्रतिष्ठाका लागि कम्युनिष्ट भएका होइनौ डा. रावलले भने कतिपयलाई काँग्रेससित मिलेर ठूलो पार्टी हुने आशा छ तर त्यस्तो सम्भव छैन ।

काँग्रेसमा आफ्नै समस्या छ अनि कसरी समाजवादी र माओवादीलाई मिलाउछ उनको प्रश्न थियो । उनले भने महाकाली, गण्डकी र एससीसीको पक्षधर काँग्रेससित कसरी मिल्नु हुन्छ, यो कस्तो सिद्धान्त हो त्यो भन्दा त काँग्रेस भए पनि भयो नि ।

उनले एमालेबाट जितेर समाजवादीमा लाग्नेलाई जनताले चुनावमार्फत दण्ड दिने ठोकुवा गरे ।

रावल आफ्नो गृह जिल्ला अछाम सहितका जिल्ला भ्रमणका लागि धनगढी आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार