२० बैशाख २०८१, बिहीबार

नेकपा (एस) को सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको बैठक हुँदै




धनगढी / माधव नेपाल नेतृत्वको नेकपा (एस) को सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको पहिलो बैठक आज सोमवार दिउँसो १ बजे हुने भएको छ ।

प्रदेश सभामा रहेको संसदीय दलको कार्यालयमा सो दलको बैठक हुने भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले बताए ।

निर्वाचन आयोगले सो पार्टीलाई संसदीय दल बनाउन सक्ने गरेर मान्यता दिएपछि पहिलो पटक बैठक हुन थालेको हो ।

बैठकले दलको नेता, प्रमुख सचेतक र सचेतक छान्ने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार