२१ बैशाख २०८१, शुक्रबार

कैलालीको समानान्तर कमिटी नै नेकपा (एस) मा



धनगढी / ओली –माधव विवाद हुँदा गठन भएको माधव नेपाल पक्षिय कैलाली जिल्ला स्तरिय समानन्तर कमिटी नै नेकपा ( एकीकृत समाजवादी) मा समाहित भएको छ ।

शुक्रबार धनगढीमा बसेको समानान्तर कमिटीको बैठकले एमाले छोडेर माधव नेपाल पक्षिय नेकपा (एस) मा परिणत गर्ने निर्णय गरेको कमिटीका सचिव विमल जोशीले बताए ।

एमालेका निर्वाचित अध्यक्ष दीर्घ सोडारी अध्यक्ष रहेको १५१ सदस्यीय समानान्तर कमिटी नेकपा (एस) मा गएको हो । एमाले कालमा सोडारीसंगै निर्वाचित उपाध्यक्ष, सचिव र उपसचिव भने एमालेमै रहेका छन् । सो ९६ सदस्यीय कमिटीका ५६ जना नेकपा (एस) मा गोलवद्ध भएको बताइएको छ ।

एमालेमा विवाद हुँदा सोडारीको नेतृत्वमा बनेको समानान्तर कमिटी नै नेकपा (एस) मा आएको सचिव जोशीको दावी छ ।

यसैवीच शुक्रबार नै नेकपा (एस) को प्रथम बैठक बसेको छ । केन्द्रीय सदस्य माया भट्टको प्रमुख आथित्यतामा भएको बैठकमा पुराना नेता दिनेश चन्द्र सुवेदी, हनुमान चौधरी, तत्कालिन एमालेका प्रदेश कमिटी सदस्य लक्ष्मण कुँवर, कलावती जोशी, हिक्मत कुँवर लगायतको उपस्थिति छ ।

सुवेदी र चौधरीले बैठकमा उपस्थित सहभागिताले आफूहरु उत्साहित भएको बताए ।

बैठकमा अध्यक्ष सोडारीले आफूहरुकै पहलमा पहिलो पटक कैलालीमा स्थानीय तह, संघ र प्रदेशमा पहिलो पार्टी भएको इतिहास रहेको बताउदै सक्रियता र एकतावद्ध भए अझै बलियो पार्टी बनाउन सक्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार