७ बैशाख २०८१, शुक्रबार

नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमको इन्चार्जमा शाह



मदनकुमारी शाह (गरिमा)

धनगढी / माधवकुमार नेपाल नेतृत्वको नेकपा ( एकीकृत समाजवादी ) ले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा गरिमा शाहलाई चयन गरिएको छ। सो पार्टीले यसअघि छ प्रदेशको इन्चार्ज तोकिसकेको थियो ।

संविधान सभाको सदस्य रहिसकेकी शाहसंग एमाले हुँदा दुई पटक केन्द्रीय सदस्य र सेती अञ्चल कमिटीमो सहइन्चार्ज भइसकेको अनुभव छ । शाहले ०६४ र ०७४ दुई पटक कैलाली १ बाट चुनाव समेत लडिसकेकी छन् ।

यसअघि प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, वाग्मतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वाला रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार