२५ मंसिर २०८१, मंगलवार

मन्त्रीबाट राजीनामा गरेका शाह र गहतराज हाँस्दै, हात हल्लाउदै गए



धनगढी / मन्त्रीबाट राजीनामा गरेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराज हाँस्दै, हात हल्लाउदै विदा भएका छन् ।

मंगलबार मुख्यमन्त्रीलाई मन्त्रीबाट राजीनामा बुझाएर फर्किएका शाह र गहतराज मुख्यमन्त्री कार्यालयबाट हाँस्दै र हात हल्लाउदै विदा भएका हुन ।

एमाले संसदीय दलका नेता समेत रहेका शाहले मुख्यमन्त्री कार्यालयमै पत्रकार सम्मेलन गरेर साथ, सहयोग गर्नेहरुलाई धन्यवाद दिएका थिए ।

एमाले विभाजन भएर नेकपा ( एकीकृत समाजवादी ) बनेपछि र अर्कोतिर गत जेठमै एमालेको स्थायी समितिले माओवादी सरकारको नेतृत्वलाई दिएको समर्थन फिर्ता लिइसकेको थियो ।

तर त्यतिबेला एमालेमै रहेको माधव नेपाल पक्षले सरकार छोडेको थिएन ।

एमाले विभाजन पछि सुदूरपश्चिममा माओवादी र माधव नेपाल नेतृत्वको समाजवादीको सरकार कायम भएको छ ।

सो सरकार टिक्नका लागि आवश्यक पर्ने २७ जना सदस्य सो गठबन्धनसंग छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार