५ पुष २०८२, शनिबार

साँफेबगरका मेयर समाजवादीमा



आइतबार साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवर र उपप्रमुख विर्मलादेवी बुढथापा

अछाम / अछाममा पनि नेकपा एमालेबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरूले नेकपा (एकीकृत समाजवादी ) रोज्ने क्रम जारी छ । अछाम एमाले उपाध्यक्ष भीम रावलको गृह जिल्ला हो ।

आइतबार साँफेबगर नगरपालिका प्रमुख सहित ११ जना जनप्रतिनिधिले नेकपा एसमाजवादी पार्टीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख गजेन्द्रप्रकाश थारुले जानकारी दिए ।

आइतबार साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवर र उपप्रमुख बिर्मलादेवी बुढथापाले एसमाजवादी पार्टीमा सनाखत गरे ।

त्यस्तै, मेल्लेख र चौरपाटी गाउँपालिकाका ११ जना जनप्रतिनिधिले नेकपा एसमाजवादी सनाखत गरेको जिल्ला निर्वाचन अधिकारी थारुले बताए ।

यसअघि चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउदले पनि नेकपा एसमाजवादी रोजेर जिल्ला निर्वाचन कार्यालयमा सनाखत गरेका थिए ।

चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउद
प्रतिक्रिया दिनुहोस्
ताजा समाचार