१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेश सभामा समाजवादीका सांसद फेरि थपिदै



मन्त्री सोडारीले सनाखत गर्ने


धनगढी / सुदूरपश्चिम प्रदेश सभा थप प्रदेश सभा सदस्यले नेकपा एकीकृत (समाजवादी ) का पक्षमा सनाखत गर्ने भएका छन् ।

सो दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले आइतबार दिउँसो ३ : ३० तिर आफूले प्रदेश निर्वाचन आयोग धनगढीमा सनाखत गर्ने बताए ।

यसअघि १० जनाले सो दलका पक्षमा सनाखत गरिसकेका छन् । सो दलले प्रदेश सभामा प्रमुख दल बन्ने गरेर प्रदेश सभा सदस्य जुटाउने प्रयास गरिरहेको छ ।

प्रमुख दल हुनका लागि १४ प्रदेश सभा सदस्य आवश्यक हुन्छन् । प्रदेश सभामा अहिले एमाओवादीका १३, नेपाली कांग्रेसका १२ र एमालेका १४ जना प्रदेश सभा सदस्य छन् ।

आजको सनाखतले एमाले अझ खुम्चने छ । गत निर्वाचनमा एमालेले २५ सिट जितेको छ । ती मध्ये एकजना सभामुख छन उनले दल रोज्नु पर्ने कानुनी वाध्यता छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार