१० श्रावण २०८१, बिहीबार

दार्चुलामा भारतीय सुरक्षा हेलिकोप्टर



धनगढी/ सुदूरपश्चिम प्रदेशको दार्चुलामा लगातार दुई दिन भारतीय सुरक्षाकर्मीले हेलिकोप्टर उडाएको छ ।

दार्चुलाको सदरमुकाम खलंगामा बुधबार र बिहीबार भारतीय पक्षले हेलिकोप्टर उडाएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।
‘भारतीय पक्षले सदरमुकाममा दुई दिन चार /पाँच पटक हेलिकोप्टर उडाएको हो ।’ उनले भने, ‘हामीले हेलिकोप्टर नउडाउन पत्र पठाइसकेका छौं ।’ उनले भारतीय पक्षले सदरमुकाममा हेलिकोप्टर उडाउनको कारणबारे जानकारी नभएको बताए ।

नेपाली कांग्रेसका नेता धनराज गुरुङले दार्चुलामा नेपाली भूमि माथि भारतीय सुरक्षाकर्मीको हेलिकोप्टर निरन्तर उडिरहेको भन्ने समाचारबारे छानबिन गर्न माग गरेका छन् ।

शुक्रबार ट्वीट गर्दै नेता गुरुङले उक्त घटनाले नेपाली राष्ट्रिय स्वाधिनतामाथि भारतको ठाडो हस्तक्षेप रहेको बताउ“दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

केही दिनयता दार्चुलामा भारतीय सुरक्षाकर्मीको हेलिकोप्टर आइरहेको भन्ने खबरहरू सार्वजनिक भइरहेका छन् ।
सोही प्रशंगमा ट्वीट गर्दै नेता गुरुङले यस्ता विषयमा सरकार टुलुटुलु हेरेर बस्न नहुने बताउदै भारतका प्रधानमन्त्रीस“ग कुरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

उता, दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइनको डोरी खुस्काउदा महाकालीमा बेपत्ता भएको घटनाको विरोधमा शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन भएको छ ।

काठमाडौ“को प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले मोदीको पुत्ला जलाएको हो । सो क्रममा उनीहरूले भारतविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार