१० श्रावण २०८१, बिहीबार

कैलालीमा बिहीबारदेखि निषेधाज्ञा खुल्यो



शैक्षिक संस्था भौतिक उपस्थितिमा नै विद्यालय सञ्चालन गर्न पाउने

धनगढी / कैलालीमा बिहीबारदेखि निषेधाज्ञा खुलेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरेको निर्णय अनुसार कैलालीमा बिहीबारदेखि निषेधाज्ञा खुलेको हो ।कोरोना महामारी संक्रमणदर घटेसंगै निषेधाज्ञा खुलेको जिल्ला प्रशासन कार्यालय, कैलालीले बिहीबार विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

“कैलालीमा बैशाख १६ गतेदेखि गरिएको निषेधाज्ञा आजदेखि पूर्णरुपमा खुला भएको छ” जिल्ला प्रशासन कार्यालय कैलालीले विज्ञप्तीमार्फत जनाएको छ ।

बिहीबार बसेको बैठकपछि प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आदेश जारी गर्दै शैक्षिक संस्था भौतिक उपस्थितिमा नै विद्यालय सञ्चालन गर्न पाउने उल्लेख बताए । बालबालिकाका शैक्षिक गतिविधि र अन्य सामाजिक गतिविधिलाई सहज बनाउन यस्तो निर्णय गरिएको आदेशमा उल्लेख छ ।

सकभर भौतिक उपस्थितीमा पठनपाठन नगरी भर्चुअल माध्यमबाट पठनपाठन गराउन आदेशमा आग्रह गरिएको छ । यदि भौतिक उपस्थितीमा विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था आए नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको भित्र रही सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।

त्यसको अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । स्वास्थ्य मापदण्ड अपनाएको नभेटिए तत्काल विद्यालय बन्द गरिने प्रमुख जिल्ला अधिकारी रिजालद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार