२५ मंसिर २०८१, मंगलवार

मन्त्री सोडारी, तामाङ र गहतराजले सनाखत गरेनन्



धनगढी / नेकपा (एकीकृत समाजवादी) पार्टीमा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री दीर्घबहादुर सोडारी सहितका मुख्य नेताहरुले बुधबार सनाखत गर्ने भएका छन् ।

समाजवादीमा सनाखत गरेकी सो पार्टीका केन्द्रीय सदस्य एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीका अनुसार सक्कल कागजात नभएकाकारण सोडारी, एमालेका पूर्व प्रमुख सचेतक तारा लामा तामाङ र आर्थिक मामिला तथा योजना राज्यमन्त्री अर्चना गहतराजले बुधबार सनाखत गर्ने भएका हुन ।

मन्त्री सोडारीले पनि आफूहरुले बुधबार सनाखत गर्ने स्वीकार गरे । मंगलबार आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद, भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरीले समाजवादी पार्टीमा सनाखत गरेका छन् ।

यस्तै एमालेका प्रमुख सचेतक दुर्गाकुमारी विक, पूर्वमन्त्री मायाकुमारी भट्ट, अमर साउद, बलबहादुर सोडारी, शुशिला बुढाथोकी र कुलवीर चौधरी पनि समाजबादी पाटीमा सामेल भएका छन् ।

सभामुख सहित २५ जना रहेको एमाले संसदीय दलमा अव १४ जना रहने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार