सुदूरपश्चिम प्रदेशका १० जना प्रदेश सभा सदस्य समाजवादीमा

धनगढी / माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा सुदूरपश्चिम प्रदेशका १० जना प्रदेश सभा सदस्य खुलेका छन् ।
सनाखत गर्नेमा आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी रहेका छन् ।
यस्तै एमालेका प्रमुख सचेतक दुर्गाकुमारी विक, पूर्वमन्त्री मायाकुमारी भट्ट, अमर साउद, बलबहादुर सोडारी, शुशिला बुढाथोकी र कुलवीर चौधरी पनि समाजबादी पाटीमा सामेल भएका छन् ।
सभामुख सहित २५ जना रहेको एमाले संसदीय दलमा अव १४ जना रहने भएका छन् ।
भौतिक पूर्वाधार मन्त्री दीर्घबहादुर सोडारी, एमालेका पूर्व प्रमुख सचेतक तारा लामा तामाङ र आर्थिक मामिला तथा योजना राज्यमन्त्री अर्चना गहतराजले बुधबार सनाखत गर्ने बताइएको छ ।




