१० श्रावण २०८१, बिहीबार

अष्ट्रेलियामा रहेका नेपालीहरुले गरे बलत्कारपछि हत्या गरिएकी भागिरथीको परिवारलाई आर्थिक सहयोग



प्रप्रवासमा रहेका नेपालीलाई स्वदेशमै आएर उद्योग स्थापना गर्न मुख्यमन्त्री भट्टको आग्रह


धनगढी / अष्ट्रेलियामा रहेका नेपालीले मुख्यमन्त्री त्रिलोचन भट्टमार्फत गतवर्ष बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका -७ चडेपानीकी १७ वर्षीया भागीरथी भट्टको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन ।

शनिबार एक कार्यक्रमका बीच मुख्यमन्त्री भट्टले करिब दुई लाख ७० हजार बराबरको आर्थिक सहयोग स्वर्गीय भागीरथी भट्टको परिवारलाई हस्तान्तरण गरे । यसअघि सुदूरपश्चिम प्रदेश सरकारले भागिरथीका परिवारलाई पाँच लाख रुपियाँ सहयोग गरिसकेको छ ।

नेपालिज एशोसियसन अफ भिक्टोरिया (न्याभ) र मल्टी डाईनामिक रियल स्टेट मेलबर्न अष्ट्रेलियाले सो रकम उपलव्ध गराएको हो ।सो रकम संकलन गरेर पठाउनका लागि न्याभका उपाध्यक्ष प्रेमराज उप्रेतीले विशेष भूमिका खेलेका थिए ।

सनातन माध्यमिक विद्यालय कक्षा १२ मा पढ्रिहेकी भागरथी गतवर्ष माघ २१ गते बुधबार विद्यालयबाट घर हिड्दा वेपत्ता भएकी थिइन । उनको माघ २२ गते हत्या भएको अवस्थामा शव भेटिएको थियो ।

सो अवसरमा बोल्दै मुख्यमन्त्री त्रिलोचन भट्टले प्रवाससमा रहेका नेपालीहरुलाई स्वदेशमै आएर उद्योग स्थापना गर्न आग्रह गरे । भर्चुअवलरुपमा अष्ट्रेलियामा रहेका नेपालीलाई सम्वोधन गर्दे मुख्यमन्त्री भट्टले नेपालमा अव लगानी गर्न र कामका लागि समेत सहज भएको बताए ।

उनले भने कृषि, पर्यटन, उद्योग, जलविद्युत लगायतको सदुपयोग गरेर प्रदेशबासी आफै आत्मनिर्भर हुनुपर्छ ।

विकासमा सृजनशिलता नेपाल (सिआइडी)का अध्यक्ष डिल्लीराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्ट, मल्टी डाइनामिक रियल स्टेट मेलबर्न अष्टेलियाका अध्यक्ष महादेव धानुक, गैरआवासीय नेपाली सङ्घ अस्ट्रेलियाका संयोजक हरि खडका, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाह, भागरथीका आफन्त कृष्ण भट्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार