१२ बैशाख २०८१, बुधबार

बगलेकमा धुँवारहीत चुल्हो



गुगल तस्बिर

डोटी / डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर २ बगलेकमा धुँवारहीत फलामे चुल्हो वितरण गरिएको छ । गाउँमा धुवारहीत फलामृ चुल्हो उपलब्ध भएसंगै स्थानीयले खाना पकाउँदा धुवाबाट मुक्ति पाएका छन्।

मानवीय सेवामा अनेकौं प्रयास (साइन नेपाल) नामक गैरसरकारी संस्थाले सो वडाका चार सय ७२ परिवारलाई धुवारहित फलामे चुलो वितरण गरेको छ ।

सो संस्थाको ८५ लाख रुपैयाको आर्थिक सहयोगमा वडाबासीलाई धुँवारहित चुल्हो वितरण गरिएकोे संस्थाका कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिए ।

वडा नम्बर २ का अध्यक्ष योगेन्द्र ठकुल्लाले धुवारहित चुलो उपलब्ध भएपछि धुवाबाट मुक्ति मिलेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार