१० श्रावण २०८१, बिहीबार

माधव नेतृत्वको समाजवादीमा खुले मन्त्री सोडारी




सुखड/
सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारी माधव नेपाल नेतृत्वको नवगठित पार्टी नेकपा (एकीकृत समाजवादी) मा खुलेका छन् ।

उनले कैलाली क्षेत्र नम्बर ३ को सुखड बजार र क्षेत्र नम्बर ४ को मसुरियामा आयोजित कार्यक्रममा ओलीको अतिवादको विरुद्ध उभिएर नयाँ पार्टीमा लाग्न आग्रह गरे ।

जिल्ला अधिवेशनबाट निर्वाचित सोडारी फेरि एमाले कैलालीको नेतृत्व सम्हाल्ने अपेक्षा गरिएका बेला उनी माधव नेतृत्वको समाजवादी पार्टीमा खुलेका छन् ।

सो कार्यक्रममा सो कैलाली क्षेत्र नम्बर ३ को प्रदेशबाट निर्वाचित प्रदेश सभा सदस्य अमर साउद र अछाम २ बाट निर्वाचित प्रदेश सभा सदस्य बलबहादुर सोडारी पनि सहभागी थिए ।

नेकपा (एकीकृत समाजवादी) को सो कार्यक्रममा घोडाघोडी नगरपालिकाका उपप्रमुख प्रेमकुमारी थापा पनि उपस्थित थिइन । कार्यक्रम सो दलका नेता खड्क रावतको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार