१० श्रावण २०८१, बिहीबार

मन्त्री खड्का भन्छन्– सबैलाई आइसोलेसनमा राख्ने व्यवस्था गर्छौ




धनगढी / सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरूलाई आइसोलेसनमै राखिने बताएका छन् ।

‘विगतमा कोरोना संक्रमण पुष्टि भएकालाई होम आइसोलेसनमै राख्दा समुदाय स्तरमा कोरोना फैलियो’ मन्त्री खड्काले भने– अब त्यो गल्ती कसैले दोहोर्याउनु हु“दैन । होम आइसोलेसनमै राख्नुपरेमा सम्पूर्ण प्रक्रिया पुरा गरेरमात्र पठाउनुपर्छ ।

मन्त्री खड्काले कोरोनाको सम्भाव्य तेस्रो भेरियन्टलाई सिमानाकामै नियन्त्रण तथा व्यवस्थापन गरिने बताए । उनले भने– स्वदेश फर्कने सबैको एन्टिजेन परीक्षण गरिने छ । किटको अभाव हुन दिदैनौं । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा अन्य सरोकारवालाहरूले सहयोग गर्नुपर्छ ।

’ उनले अहिले पनि धनगढी उपमहानगरपालिका र पुनर्वास नगरपालिकाका २० हजार एन्टिजेन किट नाकामै परीक्षण गर्न भनी उपलब्ध गराइएको बताए ।

मन्त्री खड्काले मन्त्रालयले अस्पतालहरूमा शैय्या, आइसियू तथा भेन्टिलेटर थप गरिरहेको बताए । उनले भने– गेटा मेडिकल कलेजमा कोभिड उपचार केन्द्र सञ्चालनमा आइसकेको छ । त्रिनगर र गड्डाचौकीबाट प्रवेश गर्नेका लागि दुई स्थानमा होल्डिङ सेन्टर निर्माण भइरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार