निर्मलाकाे न्यायका लागि मुख्यमन्त्री कार्यालय अगाडि माैन प्रदर्शन

धनगढी । महिला अधिकारीकर्मी सावित्री सुवेदीले सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मौन प्रदर्शन गरेकी छिन ।
तीन वर्षअघि बलात्कारपछि हत्या गरिएकी १३ वर्षिय बालिका निर्मला पन्तलाई न्याय दे भन्दै उनले मौन प्रदर्शन गरेकी हुन । निर्मलालाई न्याय दे, मेरो शरीर मेरो अधिकारका प्ले कार्ड र शरिरमा बलात्कारीलाई फाँसी दे भन्दै अधिकारकर्मी सुवेदीले मुख्यमन्त्री कार्यालय अगाडि केही समय मौन प्रदर्शन गरेकी हुन् ।
टाउकोमा कालो पट्टी, शरिरमा कालो कपडा, मुखमा टेप बाँध्दै, हातमा पम्पलेट समात्दै उनले प्रदर्शन गरेकी थिइन । उनले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका दोषीलाई छिट्टै कानुनी कठघरामा ल्याउनुपर्ने माग गरिन ।
उनले निर्मला घटनामा सरकारले कुनै चासो नदेखाएको आरोप लगाइन । निर्मलाको हत्या भएको बर्षौ पुग्दा पनि सरकार मुख दर्शक बनेर बसेको आरोप लगाइन् ।
जिल्लाको भीमदत्त–२ की १३ वर्षीया निर्मलाको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो । त्यसको भोलिपल्ट उखुबारीमा उनको शव भेटिएको थियो ।
उनले भनिन –‘अझै कति चेलिवेटी बलात्कृत हुनुपर्ने हो ? बलात्कारीलाई फाँसीको व्यवस्था कहिले हुन्छ ?’