३० भाद्र २०८१, आईतवार

बाल अधिकार सम्वन्धी कार्यविधि चाडै आउछ : मन्त्री खड्का




धनगढी ।
सुदूरपश्चिम प्रदेश सरकारले चाँडै बालअधिकार सम्वन्धि आवश्यक पर्ने नियमावली र कार्यविधी तयार गर्ने भएको छ ।

धनगढीमा सोमबार भएको प्रदेश स्तरीय बाल सहभागिता सम्वन्धी कार्यविधि अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री लालबहादुर खड्काले असोजसम्म आवश्यक पर्ने नियमावली र कार्यविधी बनाइसक्ने बताए । प्रदेश सरकारले यसअघि नै ऐन बनाइसकेको छ ।

मन्त्री खड्काले कोभिडको आउदो लहरबाट बालबालिका धेरै प्रभावित हुने भएकोले सबै पक्षलाई सचेत रहन आग्रह गरे ।

सो अवसरमा बोल्दै सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदले आफू बाल अधिकारका लागि बनेका बालक्लवको अनुभव सम्हालेर राजनीतिमा सक्रिय भइरहेको बताउदै बालअधिकारका क्षेत्रमा आवश्यक पर्ने नीति नियम बनाउन आफूले भूमिका खेल्ने बताइन ।

उनले बालअधिकार बारे गाउँदेखि शहरसम्म पर्याप्त जानकारी नभएको आफूले पाएको बताइन । उनले भनिन बालअधिकार बारे जानकारी दिन र बालबालिकाको भविश्य राम्रो बनाउन बालक्लवहरुले राम्रो भूभिका चर्चा गर्दे बालक्लबलाई सक्रिय बनाउने गरेका नीतिहरु तय हुनु पर्नेमा जोड दिइन ।

सो अवसरमा कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले नियमावली, कार्यविधी बनाउन आफूहरुको सहयोग आवश्यक भए सक्दो सहयोग गर्ने बताए । उनले भने बाल दिवसका दिन भदौ २९ गतेसम्म नियमावली र कार्यविधी आउन सके अझ ठूलो उपलव्धी हुने बताए ।

सो अवसरमा बाल अधिकारका क्षेत्रमा क्रियाशिल अगुवाहरु विष्णुबहादुर खत्री, राजेश शर्मा लगायतले नेपालमा बालबालिकाको अवस्था बारे जानकारी दिएका थिए ।

कार्यक्रमका सहभागी तपेन्द्र भुषाल लगायतले मन्त्रालयका कर्मचारी तह बालअधिकारका नीति नियम बनाउन गम्भीर नरहेकोले मन्त्री र राज्मन्त्री जस्ता जनप्रतिधिले ध्यान दिएर अघि बढ्नु पर्ने सुझाव दिएका थिए ।

सोही अवसरमा कन्सोर्टियम अध्यक्ष थापाले मन्त्री खड्का र राज्यमन्त्री साउदलाई बाल अधिकारका सवालमा केन्द्रीत रहेर ध्यानाकर्षण पत्र पनि बुझाएका थिए । सो कार्यक्रममा विभिन्न संघ, संस्था र बालक्लवका अगुवाहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार