१० श्रावण २०८१, बिहीबार

फलोअप समाचार : जुवाडे भगाउने पाँच प्रहरी निलम्बन




धनगढी / साउन १८ गते दिउँसो धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बडहरास्थित एएफसी रेस्टुरेन्टका जुवाडेलाई भगाएको अभियोगमा पाँच प्रहरी निलम्वनमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) को संयुक्त टोलीले छापा मारेर पैसाको प्रलोभनमा परि जुवाडेलाई भगाएको घटनामा पाँच प्रहरी निलम्वनमा परेका हुन ।

वरिष्ठ प्रहरी उपरीक्षक जनकराज पाण्डेयको नेतृत्वको छानबिन टोलीको प्रतिवेदनका आधारमा पाँच प्रहरीलाई निलम्वन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दले बताएका छन् ।

निलम्वन पर्नेमा आरआईटीका प्रहरी हवल्दार नैनाचन्द्र धामी, प्रहरी जवान ऐकेन्द्र खड्का, प्रहरी जवान प्रेमसिंह धामी र जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान कृष्णप्रसाद जैशी, रामसिंह कुंवर रहेका छन् ।

चन्दका अनुसार छानबिन समितिको प्रतिवेदनमा ८५ हजार मात्र बरामद गरेर जुवाडे भागेको घटनामा प्रहरीको गम्भीर कमजोरी रहेको निस्कर्ष छानविन टोलीको छ ।

प्रतिवेदनको सुझावका आधारमा जुवाडे भगाउने घटनाको थप अनुसन्धान प्रदेश प्रहरी कार्यालयले गर्नेछ ।

थप अनुसन्धानका आधारमा संलग्न अन्य प्रहरी अधिकारीलाई पनि कारवाही गरिने र थप अनुसन्धान गर्नुपर्ने भएकाले छानबिन समितिले बुझाएको प्रतिवेदन अहिले सार्वजनिक नगरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार