१ चैत्र २०८२, आईतवार

जगंली जनावर कारण खेतीयोग्य जमिन बाझै



बैतडी । जंगली जनावरले अन्नबाली क्षती गर्ने क्रम नरोकिएपछि हैरान भएका किसानहरूले खेतगरा बाझो राख्न थालेका छन् ।

‘बाँदर, बदेल लगायत अन्य जंगली जनावरले अन्नवाली नष्ट गर्ने गरेको छन्’ दोगडाकेदार गाउँपालिकाका किसान केशरसिंह बिष्टले भने– जंगली जनावरबाट अन्नबाली जोगाउन नसक्ने अवस्था आएपछि मैले पनि खेत बाँझै राखे ।

पछिल्लो समय बैतडीका हरेक क्षेत्रमा जंगली जनावरको आतंक बढेको छ । जंगली जनावर भगाउन विभिन्न उपाय अवलम्बरन गरेका किसानका सवै प्रयास असफल भइसकेका छन् । जसका कारण किसान खेत बाँझै राखेर घाँस पाल्न थालेका छन् ।

‘जंगली जनावर भगाउन विष्फोटक पदार्थ पट्काउने, थाली पिटाउने, कुकुर लगाउने जस्ता धेरै उपाय अपनाईसक्यौं’ सुर्नया गाउ“पालिका–२ का नरेन्द्र बिष्टले–‘तर पनि जंगली जनावरलाई भगाउन सकिएन, अव खेत बा“झोराख्नु भन्दा अर्को कुनै विकल्प छैन ।’

वाली जोगाउन गरिएका सवै उपाय असफल भएको दोगडाकेदार गाउपालिका ३ सिल्लकी हरिना चन्दले बताइन् । ‘घरका सवै सदस्यले रातदीन पालैपालो वालीको हेरचाह गर्ने गरेका छौं’ उनले भनिन–‘तर पनि वाली जोगाउन सकिएको छैन, जंगली जनावर कतिवेला आउछन् पत्तै हुदैन ।’

सुर्नया २ ग्वानीका केही किसानले विगत दुई बर्ष देखी खेत बा“झै छोड्ने गरेको बताए । खासगरी बा“दरले बारीमा लगाएको सबै बालीनाली नष्ट गर्न थालेपछि खेत बा“झै छोड्न थालेको स्थानीय नरेन्द्र बिष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार